- भूकम्पामा परी ६२ जना भन्दा बढी घाइते भएको र घाइतेहरूको चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको हो।
भूकम्पामा परी ६२ जना भन्दा बढी घाइते भएको र घाइतेहरूको चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनको स्वायत्त क्षेत्र तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर आज बिहान गएको हो।
नेपाली समयअनुसार मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमानाको दिंगे क्षेत्र रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
उक्त भूकम्प ७ रेक्टर स्केलको रहेको र जमिनभन्दा करिब १० किलोमिटर भित्र केन्द्र रहेको पनि केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको थियो।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’